राष्ट्रिय टोलीमा फर्किए मेस्सी

राष्ट्रिय टोलीमा फर्किए मेस्सी
शुक्रबार, फाल्गुन २४, २०७५

काठमाडौँ, स्टार स्ट्राइकर लियोनल मेस्सी अर्जेन्टिनाको राष्ट्रिय टोलीमा फर्किएका छन् ।  विश्वकपपछि राष्ट्रिय टोलीमा नरहेका मेस्सी मैत्रीपूर्ण खेलमा लागि अर्जेन्टिनाको टिममा फर्किएका हुन् । यहि महिना भेनेजुएला र मोरक्कोविरुद्ध हुने मैत्रीपुर्ण खेलका लागि मेस्सी अर्जेन्टिनाको टोलीमा अटाएका हुन् । अर्जेन्टिनाले सर्वाजनीक गरेको ३१ सदसीय टोलीको सुचिमा मेस्सी परेका छन् । बार्सिलोनाका मेस्सीले गत जुनमा रुसमा सम्पन्न विश्वकप पछि अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट खेलेका थिएनन् । मेस्सीले यस बीचमा ६ खेल गुमाएका थिए । त्यस्तै पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड एन्जल डी मारिया समेत विश्वकपपछि पहिलो पटक टिममा परेका छन् । अर्जेन्टिनाले मार्च २३ मा भेनेजुएला र २६ मार्चमा मोरक्कोसंग खेल्दैछ ।