छैठौं मणिमुकुन्द कपको उपाधी रुपन्देहीले जित्यो

छैठौं मणिमुकुन्द कपको उपाधी रुपन्देहीले जित्यो
शनिबार, फाल्गुन २५, २०७५

मीना भट्टराई/रुपन्देही । बुटवलमा जारी प्रदेश नम्बर पाँच स्तरिय छैठौं मणिमुकुन्द कप भलिवल प्रतियोगिताको उपाधी जिल्ला भलिवल संघ रुपन्देहीले जितेको छ ।

प्रदेशका १२ जिल्लाका टिम सहभागि प्रतियोगिताको फाईनलमा गुल्मीलाई ३–२ को सेटमा पराजित गर्दै रुपन्देहीले उपाधी जितेको हो । पहिलो सेटमा २५–१८ नम्बरको अन्तरमा गुल्मीलाई हराउदै अग्रता लिएको रुपन्देहीले दोश्रो र तेश्रो सेटमा भने गुल्मीसँग २५–१५ र २५–२३ नम्बरको अन्तरले पराजित हुन पुगेको थियो । उपाधीसँगै रुपन्देहीले १ लाख १ हजार १ सय ११ रुपैयाँ पुरस्कार सहित कप मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको उपबिजेता गुल्मीले ७१ हजार १ सय ११ नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । साथै तेश्रो स्थान प्राप्त गर्ने टिम नवलपरासीले ४४ हजार र चौथो सान्त्वना हुने टिम पाल्पाले २२ हजार नगद पुरस्कार र प्रमाण पत्र प्राप्त गरेका छन ।