धरान टेन के रन : तीर्थ पुन र कान्छीमाया कोजूको जित

धरान टेन के रन : तीर्थ पुन र कान्छीमाया कोजूको  जित
शनिबार, फाल्गुन २५, २०७५

धरान टेन के रनको उपाधि भारतीय सेनामा कार्यरत तीर्थ पुनले यसपटक पनि जितेका छन् । प्ुनले खुल्ला दौड प्रतियागिताको पुरुष तर्फ निर्धारित समय पार गर्दै चौथो पटक विजयी भएका हुन् ।

१० किमी दूरीको दौड प्रतियोगिता पुनले ३१ मिनेट १६ सेकेण्डमा पार गरेका थिए । महिलातर्फ भक्तपुरकी कान्छीमाया कोजुले जितेकी छन् । कान्छी मायाले ३७ मिनेट ४८ सेकेण्ड दुरी पार गरी विजयी भइन् । विजेता दुवै जनाले नगद ४०/४० हजार सहित प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् ।

खुल्ला पुरुषतर्फ अनिस थापा दोस्रो भए । थापले ३१ मिनेट २२ सेकेण्डमा निर्धारित दूरी पार गरेका थिए भने तेस्रो हुने गजेन्द्र राईले ३१ मिनेट ३५ सेकेण्डमा दुरी पार गरेका थिए । दोस्रो हुनले ३० हजार नगद र तेस्रो हुनेले २० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । महिलातर्फ सन्तोषी श्रेष्ठ दोस्रो भइन् । उनले निर्धारत समय ३८ मिनेट १८ सेकेन्डमा दुरी पार गरिन् भने तेस्रो हुने पुस्पा भण्डारीले ३८ मिनेट ४७ सेकेण्डमा दुरी पार गरिन् । प्रतियोगितामा १२ बर्ष मुनिका बालक तर्फ रोदन राई प्रथम भए । उनले नगद ७ हजार पाए ।

त्यस्तै, दोस्रो हुने अनिस खड्काले ५ हजार, तेस्रो हुने असोक तामाङले ३ हजार पाए । बालिकातर्फ इस्मीता राई प्रथम, लक्ष्मी भुजेल द्धितीय र प्रकृती भुजेल तृतीय भए । धरान रन समूहले प्रतियोगिताबाट उठेको रकम महिला गरिब तथा असाहाय विरामीलाई उपचार गर्ने उद्देश्यले स्वास्थ्य कोष पनि खडा गरेको छ ।

गत बर्ष स्वास्थ्य कोष स्थापना गरेको धरान रनले हाल १५ जना छात्र तथा छात्रालाई निःशुल्क अध्ययन अध्यापन गराउदै आएको छ ।