साफ च्याम्पियनसिप : उद्धघाटन खेलमा नेपाल र भुटान भिड्ने

साफ च्याम्पियनसिप : उद्धघाटन खेलमा नेपाल र भुटान भिड्ने
सोमवार, फाल्गुन २७, २०७५

काठमाडौ, नेपालमा आयोजना हुने पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिप मंगलबाबाट सुरु हुदैछ । विराटनगरस्थित सहिद रंगशालामा हुने उद्घाटन खेलमा नेपाल र भुटान भिड्दैछन् । सोमबार विराटनगरमा साफको विजेताले पाउने ट्रफी पनि सार्वजीनक गरियो । ट्रफी ६ वटै टोलीका कप्तानहरुले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । यस संस्करणको प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्सले प्रतिस्पर्धा गर्दैछन् । दुई समूहमा विभाजन गरेर खेलाईने प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । महिला साफको लागि सहभागी ६ वटै टोली विराटनगर पुगिसकेका छन् । सहभागी सबै ६ वटै टोलीले दोस्रो चरण पुग्ने लक्ष्य लिएको छन् । 