झापा गोल्डकप : आर्मीले उचाल्यो उपाधी

झापा गोल्डकप : आर्मीले उचाल्यो उपाधी
सोमवार, फाल्गुन २७, २०७५

काठमाडौँ, चौंथो संस्करणको झापा गोल्डकप फुटबलको उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लबले हात पारेको छ । सोमबार भएको फाइनलमा आयोजक झापा-११ लाई पाचँ तीन गोल अन्तरले हराउँदै झापाले उपाधि जितेको हो । योसंगै आर्मीले लगातार दोस्रो पटक झापालाई हराएर उपाधि जितेको छ । झापा भने पुनस् उपाधि जित्नबाट बन्चित भएको छ । गत संस्करणको उपाधि आर्मीले झापालाई नै हराएर जितेको थियो । उपाधिसंगै आर्मीले १२ लाख ५५ हजार नगद प्राप्त गरेको छ । उपविजेता बनेको झापाले ६ लाख ५ हजारमा चित्त बुझायो ।