पाकिस्तान सुपर लिग : अन्तिम खेलमा लाहोरको हार, सन्दीप विकेटविहिन

पाकिस्तान सुपर लिग : अन्तिम खेलमा लाहोरको हार, सन्दीप विकेटविहिन
सोमवार, फाल्गुन २७, २०७५

काठमाडौँ, नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेको लाहोर क्वालेण्डर्सले पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेटको अन्तिम खेलमा पराजीत भएको छ । सोमबार भएको खेलमा लाहोर मुल्तान सुल्तानसंग ७ विकेटले पराजित भएको हो । कराँचीमा लाहोरले दिएको १ सय ४१ रनको लक्ष्य सुल्तानले १२ ओभरमा ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । सुल्तानका लागि शान मसुदले ४८ रन जोड्दा जोनसन चार्लीले अविजित ४१ रन बनाए । लाहोरका शाहिन अफ्रिदी र डेभिड विजले १र१ विकेट लिए । यता, अन्तिम खेलमा नेपालका सन्दीप विकेटविहीन बने । २ ओभर ३ बल बलिङ गरेका सन्दीपले २८ रन खर्चिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लाहोरले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १४० रन बनाएको थियो ।