गोयन्का स्टिल उद्योगमा आगलागी, करोडौंको क्षति

गोयन्का स्टिल उद्योगमा आगलागी, करोडौंको क्षति
बिहिबार, फाल्गुन ३०, २०७५

मिना ढकाल, बुटवल । रुपन्देहीको मायादेवी गाउँपालिका–५ सेमरी स्थित गोयन्का स्टिल उद्योगमा भिषण आगलागी हुँदा करोडौंको धनमाल क्षति भएको छ ।

आज(बिहिवार) करिब साढे १ बजे उद्योगमा लागेको उक्त आगो भैरहवा र लुम्बिनीका दुई दमकलले निभाउन सफल भएको कम्पनीका प्राविधिकले जानकारी गराएका छन ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी धर्मराज भण्डारीका अनुसार उद्योगमा रहेको तेलको ट्यांकी विस्फोट भएर आगो लागेको प्रारम्भिक जानकारी आएको छ ।

आगलागीबाट के–कती क्षति भयो भन्ने बिस्तृत विवरण भने तत्काल भन्न नसकिने कम्पनीले जनाएको छ ।