आईपीएलको उद्घाटन खेलमा धोनी र कोहलीको प्रतिस्पर्धा, कस्ले मार्ला बाजी ?

आईपीएलको उद्घाटन खेलमा धोनी र कोहलीको प्रतिस्पर्धा, कस्ले मार्ला बाजी ?
शनिबार, चैत्र ९, २०७५

एजेन्सी, इण्डियन प्रिमियर लिग आईपीएलको १२औँ संस्करण शनिबारदेखि सुरु हुँदैछ । खेल भारतको चेन्नईस्थित एमए चिदाम्बरम रंगशालामा शनिबार साँझ सवा ८ बजेदेखि सुरु हुनेछ ।

उद्घाटन खेलमा महेन्द्रसिंह धोनीको चेन्नई सुपर किंग्स र विराट कोहलीको रोयल च्यालेन्जर्स बेंग्लोर भिड्दैछन् ।

साविक विजेता चेन्नईले हालसम्म ३ पटक उपाधि जितेको छ भने ४ पटक उपविजेता बनेको छ । कोहलीको बेंगलोर हालसम्म उपाधि जित्न सकेको छैन । यसपटक आईपीएलमा ८ टिमको सहभागिता छ ।

चेन्नई र बेंगलोरका अलावा मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद, दिल्ली क्यापिटल्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र किंग्स इलाभेन पन्जाब छन् ।