पावर अफ लवले जित्यो, मल्टिपल फिल्म फेस्टिबल अवार्ड

पावर अफ लवले जित्यो, मल्टिपल फिल्म फेस्टिबल अवार्ड
सोमवार, चैत्र ११, २०७५

काठमाडौँ । अपांगता भएका ब्यक्ति र उनका परिवारको समवेदनालाई साहसमा बदल्ने उदेश्यले निर्माण गरीएको “द पावर अफ लव एण्ड कमिटेटः द जेथ्रो डेनियल स्टोरी” नामक वृतचित्रले मल्टिपल फिल्म फेस्टिबल अवार्डको उपाधि जितेको छ ।

भिटेइ इन्टरनेशनलद्वारा निर्माण गरीएको वृतचित्र मा हिड्डुल गर्न र बोल्न असक्ष्ँम २४ बर्षिय भारतिय युवा जेथ्रो डेनियलको कथामा आधारित छ । हिन्दी, अङ्ग्रेजी र तामिल गरी तीन भाषामा डबि¨ गरीएको सो वृतचित्र, अपांगता भएका ब्यक्तिमा पनि कुनै न कुनै क्ष्ँमता हुने साथै उनिहरुलाई अरुको निर्भरता आवश्यक हुने भएकाले परिवारले सहायक बनि पर्याप्त समय दिनुपर्ने सन्देश राखिएको छ ।

अपांगता भएका ब्यक्तिहरु पनि क्ष्ँमतावान् हुन्छन् भन्ने उदेश्यबाट प्रेरित यस वृतचित्रमा डेनियलका पिताले जेथ्रो शब्द रचनामा अब्बल रहेको बताएका छन् । स्मरण रहोस्, सेरीब्रल पाल्सि नामक रोगका कारण हात दिमागको सहि सन्देश नपुग्ने भएकाले हात नचल्ने हुन्छ र मिक्रोसेफली नामक रोगका कारण दिमागको वृद्धि हु“दैन ।