आईपीएल : दिल्लीले चेन्नईको सामना गर्दै, सन्दीप टोलीमा पर्लान ?

आईपीएल : दिल्लीले चेन्नईको सामना गर्दै, सन्दीप टोलीमा पर्लान ?
मङ्लबार, चैत्र १२, २०७५

ऐजेन्सी, भारतमा जारी १२औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज (मंगलबार) नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ ।

दिल्लीमा हुने खेल नेपाली समय अनुसार राति सवा ८ बजेबाट सुरु हुनेछ । फिरोज कोट्ला क्रिकेट स्टेडियममा दुवै टोली लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

दिल्लीले पहिलो खेलमा मुम्बई इन्डियनलाई ३७ रनले पराजित गरेको थियो । पछिल्लो पाँच खेलको नतिजा हेर्दा चेन्नई बलियो देखिएको छ । चेन्नईले पाँच खेलमा ३ जित निकाल्दा दिल्लीले २ खेलमा जित निकालेको छ ।