अमेरिका र चीनबीचको व्यापार वार्ता बेइजिङमा शुरु

अमेरिका र चीनबीचको व्यापार वार्ता बेइजिङमा शुरु
बिहिबार, चैत्र १४, २०७५

एजेन्सी । अमेरिका र चीनबीच पछिल्लो चरणको व्यापार वार्ता आज(बिहिवार) बेइजिङमा शुरु हुँदैछ ।

विश्वका सर्वा्धिक दुई ठूला अर्थतन्त्र भएका मुलुकहरु अमेरिका र चीनबीच उत्पन्न व्यापार गतिरोधलाई सहमतिमा टुङ्ग्याउने प्रयत्नस्वरुप केही महिनादेखि दुबै देशका वरिष्ठ अधिकारीहरुको वार्ता चल्दै आएको छ ।

अमेरिकी प्रमुख व्यापार प्रतिनिधि रोबर्ट लाइटीजर र अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिन बेइजिङ पगिसकेका छन । अमेरिकी प्रधिनिधिमण्डलले चिनियाँ उपप्रधानमन्त्री एवं वरिष्ठ आर्थिक अधिकारी लिऊ हेसँग वार्ता गर्नेछ ।

चीनको जनकंग्रेसले विदेशी लगानीको सुरक्षासम्बन्धी कानुन पारित गरेपछि यो पहिलो वार्ता हुन लागेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई मुलुकबीचको व्यापार वार्ता चाँडै टुंगिने विश्वास व्यक्त गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग व्यापार वार्ताका विषयमा शिखर वार्ता गर्न आफू प्रतिक्षारत रहेको बताएका छन ।

बेइजिङमा हुने वार्तापछि वासिङ्टनमा पुनः वार्ता हुनेछ ।