सञ्चार क्षेत्रलाई नियन्त्रणको कल्पना गर्न सकिन्न : सञ्चारमन्त्री बाँस्कोटा

सञ्चार क्षेत्रलाई नियन्त्रणको कल्पना गर्न सकिन्न : सञ्चारमन्त्री बाँस्कोटा
आइतवार, चैत्र १७, २०७५

काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार क्षेत्रलाई नियन्त्रणको कल्पना गर्न नसकिने बताउनुभएको छ ।

काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा मन्त्री बास्कोटाले सरकारले सञ्चार क्षेत्रलाई व्यवस्थित गर्ने बताउनुभयो । लोकतान्त्रिक आन्दोलनको सङ्घर्ष र अभ्यासकै जगबाट वर्तमान सरकार बनेको भन्दै उहाले प्रेसमाथि नियन्त्रण गर्ने कुरा सोच्न पनि नसकिने उल्लेख गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले दुई तिहाई बहुमतको दम्भ देखाएर सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको आरोप लगानउनुभयो ।

कामर्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले मुलुकको राष्ट्रिय हितमा एकजुट भएर अघि बढनुपर्ने बताउनुभयो ।