बैशाखमा प्रक्षेपण हुने भयो नेपालको स्याटेलाइट

बैशाखमा प्रक्षेपण हुने भयो नेपालको स्याटेलाइट
मङ्लबार, चैत्र १९, २०७५

सृजना मिश्र । भू–उपग्रहको ६२ बर्षे इतिहासमा अब नेपालको पनि नाम थपिने भएको छ । आगामी बैशाखमा प्रक्षेपण गर्न लागिएको नानो अर्थात सानो आकारको भू–उपग्रहले अन्तरिक्षमार्फत हुने भू–सतहको सूचनाका लागि मात्रै करोडौं रकम खर्चिएर विदेशीसँग भर पर्नुपर्ने नेपालको बाध्यता समेत हट्ने अपेक्षा गरिएको छ ।

त्यसोत, ६ दशकको भू–उपग्रहको इतिहासमा अब नेपालको समेत नाम थपिने भएको छ । कार्यतालिका अनुसार काम भए अन्तरिक्ष मार्फत बर्र्षैदेखि हुँदै आएको भू–सतहको निगरानी तथा सूचनाका लागि नेपालको परनिर्भरता आउँदो बैशाख ४ गते तोडिने भएको छ ।

आउदो बैशाख ४ गते नेपालले आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले जनाएको छ । पूर्वाधारको तयारीमा मात्रै २ करोड खर्चिएर तयार पारिएको नेपालकै पहिलो यो भू–उपग्रह ५ सय किलोमिटरको उचाइमा रहनेछ ।

जसले तत्काललाई मौसमी अवस्थाको अर्थात तापक्रम, आद्रता, वायुमण्डलीय चाप तथा भौगोलिक अवस्थाको तथ्यांकसहितको जानकारी दिनेछ । अमेरीकाको स्पेस कम्पनीबाट प्रक्षेपण हुन लागेको नेपालको भू–उपग्रह कूल १ किलो ३ सय ग्रामको हुनेछ ।

जसले करिब १० मिनेट ग्राउण्ड स्टेशनसँग कनेक्ट भई डाटाहरु प्रदान गर्छ । अन्य समयमा भने यसले पृथ्वीको परीक्रमा गर्नेछ । भू – उपग्रह प्रक्षेपण पूर्व यसको निर्माणमा जापानबाट पिएचडी गरेका आभाष मास्के र डिग्री गरेका हरिराम श्रेष्ठ अहोरात्र खटिएर काम गरिरहेका छन । जापानको क्यूटेक कम्पनीमा पशिक्षण लिएका मास्के र श्रेष्ठ अहिले ग्राउण्ड स्टेशनको निर्माणमा जुटेका छन ।

जापानको ज्याक्सा अन्तर्गत ब्रर्डस् प्रोग्राम भित्र बिभिन्न नन् स्याटलाईटिक देशहरुलाई गरिने सहयोग अन्तर्गत जापानले पनि नेपाललाई स्याटेलाइट निर्माणमा सहयोग गरेको हो । सोही सहयोग अन्गर्तत नेपाल अन्तरिक्षमै आफ्नो यान पठाउने तरखरमा पुगेको हो ।

जसको नाम नेपाली सेट वान दिइएको छ । यसअघि सन १९ सय ५७ मा रुसले पहिलो पटक भू – उपग्रह पठाएर अन्तरिक्ष मार्फत सूचना लिएपछि अमेरिका, चीन, भारत लगायतका देशले भू – उपग्रह प्रक्षेपण गरेका थिए । यस हिसावले नानो नै भए पनि अन्तरिक्षमा यान पठाउने नेपाल सबैभन्दा कान्छे मुलुक त बन्ने नै छ अन्तरीक्ष मार्फत प्राप्त हुने सूचनाको परनिर्भरता पनि हट्नेछ ।

तर यसको नियमनमा आवश्यक जनशक्ति र स्रोत साधनको उपलब्धता भने कस्तो रहला भन्ने विषय भने चुतौतिपूर्ण छ ।