हुलाकप्रतिको आकर्षण घट्यो

हुलाकप्रतिको आकर्षण घट्यो
बिहिबार, चैत्र २१, २०७५

अञ्जना लामिछाने । हुलाक सेवा सूचना तथा सन्देश आदान प्रदानका हिसावले विश्व मै अत्यन्तै विश्वासीलो र पुरानो माध्यम मानिन्छ । जसलाई समयानुकुल रुपान्तरण गर्न नसक्दा अहिले नेपालमा भने यसको महत्व ह्वात्तै घटेको छ । सुचना प्रविधिको विकास र पहुंच विस्तारभएपछि चिठिपत्र आदान प्रदानमा मात्र अड्कीएको हुलाक सेवाको आकर्षण घटेको हो ।

त्यसोत, एउटा चिठि पाउनका लागि महिनौं सम्म हुलाकीको बाटो हेर्दै बस्ने आम मानिस अहिले मोबाइल र इमेलको सन्देश बाटै विश्वभरको खवर तुरुन्त थाहा पाउन सक्ने भएका छन् । सम्बन्धित व्यक्तिको रुचिअनुसार मोबाइल, फेसबुक, भाइबर लगायतका सामाजिक सञ्जालको व्यापक प्रयोगसंगै यता सूचनामा आम नागरिकको पहुंच बढेको छ भने परम्परागत हुलाक सेवाको महत्व सुम्चिन पुगेको छ ।

नेपालका सन्दर्भमा हुलाक सेवा राज्यको अति आवश्यकीय सेवा सूचीमा रहेको छ । जसले पुरा गर्दैआएको जिम्मेवारी खुम्चिए पनि पाँच क्षेत्रीय हुलाक, ७० जिल्ला हुलाक कार्यालय, आठ सय ४२ इलाका हुलाक र ३ हजार ७४ अतिरिक्त हुलाक कार्यालय अस्तित्वमा छन् । यही हुलाक सेवाको अस्तित्व जोगाउन सरकारले झण्डै १९ हजार जनशक्ति पालिरहेको छ ।

तर, उपलव्ध जनशक्तिले न काम पाएको छ न राज्यले समय अनुकूलको प्रविधि र ज्ञान दिन सकेको छ । मुलुकमा थुप्रै राजनीतिक परिवर्तन भए । प्रविधि विकास तथा पहुंचका हिसावले पछिल्लो पुस्ताले निकै ठूलो फड्को मा¥यो । तर हुलाक सेवा अहिले पनि हुलाक ऐन–२०१९ अनुसार चलिरहेको छ । जुन निकै परम्परातग छ र अहिलेको पुस्ताले हुलाकलाई एकादेशको कथा ठान्न थालेको छ ।

सेवा प्रतिको आकर्षण घट्न थालेपछि अहिले हुलाक कार्यालयले टिकट बिक्रीका अतिरिक्त कतिपय जिल्लामा टेलिसेन्टर सेवा, बचत बैंक सेवा, पार्सल सेवा जस्था सेवा क्षेत्रमा आंशीक परिवर्तन गरेको छ । तर व्याक्तिगत चिठिपत्र आदानप्रदानको पुरानो जिम्मेवारी भने लगभग बन्द अवस्थामा छ ।

हुलाकको सेवा क्षेत्र खुम्चीदै गएको र समयअनुकुल काम, कर्तव्य र जिम्मेवारी पुनरावलोकन गर्नु पर्ने दवाव पछि सरकारले हुलाकको विजनेस बढाउन र आत्मनिर्भर बनाउन केहि संरचना परिवर्तन गरेको छ भने कर्मचारीको दरबन्दी मिलान प्रक्रिया समेत अघि बढाएको छ । साथै हुलाकलाई कसरी अगाडी बढाउने र कसरी आत्मनिर्भर बनाउने भन्ने विषयमा तालुक मन्त्रालयले समिति मार्फत सुक्ष्म अध्ययन गरिरहेको गोश्वारा ुलाक कार्यालयले जनाएको छ ।