भोक अन्त्य गर्न खाद्य अधिकारसम्बन्धी कानुन दृढतापूर्वक कार्यान्वयन गर्नुपर्छ : एम्नेस्टी इन्टरनेसनल

भोक अन्त्य गर्न खाद्य अधिकारसम्बन्धी कानुन दृढतापूर्वक कार्यान्वयन गर्नुपर्छ : एम्नेस्टी इन्टरनेसनल
बिहिबार, चैत्र २१, २०७५

काठमाडौ । एम्नेस्टी इन्टरनेसनलले नेपालबाट भोक अन्त्य गर्न खाद्य अधिकारसम्बन्धी कानुन दृढतापूर्वक लागू गर्नुपर्ने जनाएको छ ।

एम्नेस्टी इन्टरनेसनलले आज(बिहिवार) नेपालमा खाद्य अधिकार सम्वन्धी सर्वेक्षण सार्वजनिक गर्दै जनतालाई कुपोषण तथा खाद्य असुरक्षाबाट मुक्त गर्न खाद्य अधिकारसम्बन्धी नयाँ कानुनलाई सुदृढीकरण तथा कार्यान्वयन गर्नुपर्ने जनाएको हो ।

नेपालका करिब आधा घरपरिवारले खाद्य असुरक्षा झेलिरहेको भन्दै उसले १० प्रतिशत जनसंख्यामा गम्भीर खाद्य असुरक्षा रहेको पनि एम्नेस्टीले जनाएको छ । पाँच वर्षमुनिका बालबालिकामध्ये आधालाई रक्तअल्पताको समस्या रहेको, एकतिहाई भन्दा बढीले शारीरिक विकास अवरुद्धको समस्या भोगेको एम्नेस्टीले जनाएको छ ।

कार्यक्रममा एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले दलित र थारुलगायतका भूमिमा आश्रित आदिवासी जनजाति जस्ता सीमान्तकृत समुदायलाई कृषियोग्य जमिनमाथि पहुँच प्रदान गर्न अपिल गरको जानकारी दिनुभयो । उहाले नेपाल सरकारको तथ्याङ्कले पनि खाद्य अधिकारको पहुँच सबै नागरिकसमक्ष पुराउन नसकेको देखिएको बताउनुभयो ।

एम्नेस्टी इन्टरनेसनलले ‘नेपालमा खाद्य अधिकार तथा खाद्य सम्प्रभूतासम्बन्धी ऐनको विश्लेषण नामक टिप्पणी तथा सुझावपत्र’ सार्वजनिक गरेको हो ।