उपत्यका प्रदुषणमुक्त बनाउन समर्पित हुन मातहतको निकायलाई प्रहरी महानिरीक्षकको निर्देशन

उपत्यका प्रदुषणमुक्त बनाउन समर्पित हुन मातहतको निकायलाई प्रहरी महानिरीक्षकको निर्देशन
बिहिबार, चैत्र २१, २०७५

काठमाडौ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौं उपत्यकालाई प्रदुषणमुक्त बनाउन समर्पित भएर लाग्न मातहतको निकायलाई निर्देशन दिनुभएको छ ।

प्रहरी महानिरीक्षक खनालले ट्राफिक व्यवस्थापनको काममा समर्पित भएर लाग्न ट्राफिक प्रहरीहरुलाई निर्देशन दिनुभएको हो । उहाँले ट्राफिक जामका कारण हुने प्रदुषण रोक्न सम्बन्धित स्थानीय तह पनि जागरुक हुनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

काठमाडौंमा आयोजित ‘ट्राफिक एक्सन टिम’ कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले ट्राफिक व्यवस्थापनको कामलाई व्यवस्थित बनाउन सबैलाई सहयोग गर्न पनि आह्वान गर्नु भयो ।

प्रहरी महानिरीक्षक खनालले काठमाडौं उपत्यकामा ट्राफिक जामको समस्या आउन नदिन सडक व्यवस्थापनको काममा काठमाडौं महानगरपालिका, सडक विभागलगायतका सम्बन्धित निकायले पनि आवश्यक सहयोग गर्नुपर्ने दोहो¥याउनु भयो ।