सरकारले गलत काम र प्रवृत्तिलाई बढावा दिएको विरुद्ध भण्डाफोर गर्ने : नेविसंघ

सरकारले गलत काम र प्रवृत्तिलाई बढावा दिएको विरुद्ध भण्डाफोर गर्ने : नेविसंघ
शुक्रबार, चैत्र २९, २०७५

काठमाडौ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले सरकारले गलत काम र प्रवृत्तिलाई बढावा दिएको आरोप लगाउदै यसका विरुद्ध भण्डाफोर गर्ने जनाएको छ ।

काठमाडौंमा आज(शुक्रवार) खबदारीसभा गरी नेविसंघले सरकार अधिनायकवाद लाद्ने बाटोमा अग्रसर भएको भन्दै सरकारविरुद्ध जनदवाब सिर्जना गर्ने जनाएको हो ।

नेविसंघले सडक आन्दोलनसमेत गर्ने चेतावनी दिएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचार र महँगी बढाउँदै लगेको र यसले जनतामा निराशा बढ्न थालेको नेविसंघको आरोप छ ।

खवरदारी सभालाई सम्बोधन गर्दै नेविसंघका नेता कुन्दनराज काफ्लेले सरकारका गलत कामको खबरदारी गर्न देशभरका कार्यकर्तालाई निर्देशन दिइएको बताउनुभयो ।