२५ हजार घुस लिदालिदै वडाध्यक्ष समातिए

२५ हजार घुस लिदालिदै वडाध्यक्ष समातिए
सोमवार, बैशाख १६, २०७६

एमके माझी/सप्तरी । मोहि जग्गा सम्बन्धि विवादमा सिफारिस गर्न घुस लिँदालिँदै एक वडाध्यक्ष रंगेहात समातिएका छन् ।

एक सेवाग्राहीको मोही जग्गा सम्बन्धी सिफारिस गरिदिन २५ हजार लिने क्रममा सप्तरीको सुरुङ्गा नगरपालिका ५ का वडाध्यक्ष चिल्टु मियाँ घुस वापत लिएको रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय ईटहरीको टोलीले पक्राउ गरेको हो ।

सिफारिसका लागी मियाँले घुस मागेको गोप्य सुचना पाएर निगरानी गर्न पुगेको अख्तियार टोलीले घुसवापतको रकम लिए लगतै वडाध्यक्ष मियाँलाई नियन्त्रणमा लिएको थियो । उनलाई थप अनुसन्धानका लागी आयोगको क्षेत्रिय कार्यालय ईटहरी लगिएको आयोगले जनाएको छ ।