पाल्पामा जन्ती बोकेको जिप दुर्घटना, ५ जनाको मृत्यु

पाल्पामा जन्ती बोकेको जिप दुर्घटना, ५ जनाको मृत्यु
सोमवार, बैशाख १६, २०७६

पाल्पा । पाल्पामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

पाल्पाको निस्दी गाउँपालिका–७ मा लु १ ज १९४१ नम्बरको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो ।

जिपमा ६ जना सवार रहेकामा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाप्लाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्वमणि पोखरेलले जानकारी दिए ।

एसपी पोखरेलका अनुसार जिप निस्दी गाउँपालिका–७ हुवास भन्ने ठाउँबाट भिरपानीतर्फ जाँदै गरेको थियो । १ जनाले भने जिपबाट हाम फालेर ज्यान जोगाउन सफल भएको एसपी पोखरेलले बताए ।