ट्रकले छात्राको ज्यान लिएपछि कैलाली तनावग्रस्त

ट्रकले छात्राको ज्यान लिएपछि कैलाली तनावग्रस्त
मङ्लबार, बैशाख १७, २०७६

कैलाली । कैलालीमा आज बिहान ट्रकले ठक्कर दिँदा एकजनाको ज्यान गएको छ । छात्राको ज्यान गएपछि सुरु भएको प्रदर्शनले उग्र रुप लिएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना७ख ९२३३ को ट्रकले ठक्कर दिँदा स्थानीय सुनीता रावलको ज्यान गएपछिपछि सुरु भएको प्रदर्शनले लम्की बजार तनावग्रस्त बनेको हो ।

प्रदर्शनकारीले तोडफोडका साथै प्रहरीमाथि ढुंगा प्रहार गरेका छन् । प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै दर्जनौं सेल अश्रु ग्यास हानेको छ । प्रदर्शनका क्रममा केही प्रहरी र स्थानीय घाइते भएका छन् ।