धर्मपरिवर्तनकारी साधारण तारिकमा थुनामुक्त

धर्मपरिवर्तनकारी साधारण तारिकमा थुनामुक्त
मङ्लबार, बैशाख १७, २०७६

दाङ । दाङमा क्रिश्चियन धर्म प्रचार गरेको अभियोगमा पक्राउ परेका ५ जना साधारण तारिकमा थुनामुक्त भएका छन् । धर्मान्तरणको आरोपमा पक्राउ परेका अमेरिकी नागरिक सिनक्वान्टा ओलिएना मे, भारतीय नागरिक गौरव श्रीवास्तव, क्रिश्चियन समाजका केन्द्रिय महासचिव डिल्लीराम पौडेल, संखुवासभाका कुन्साङ तामाङ र गाडीका चालक नेपालगञ्जका प्रमोद काफ्ले दाङ देउखुरी जिल्ला अदालतको आदेशमा साधारण तारिकमा रिहा भएका हुन् ।

गत मंगलबार क्रिश्चियन धर्म प्रचार गरेको र केही ब्यक्तिलाई प्रभाबमा पारि धर्मान्तरण गरेको आरोपमा घोराहीमा जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरि उनीहरु बिरुद्ध दाङ देउखुरी जिल्ला अदालत घोराहीमा फौजदारी मुद्धा दर्ता गराएको थियो । न्यायाधिस हेमन्त रावलको एकल ईजालसले साधारण तारिकमा थुनामुक्त आदेश दिए पछि ५ जनै थुनामुक्त भएका हुन् ।