गाउँपालिकाबाट प्रहरीलाई निशुल्क जग्गा

गाउँपालिकाबाट प्रहरीलाई निशुल्क जग्गा
मङ्लबार, बैशाख १७, २०७६

उदयपुर । प्रहरी चौकि स्थापनाको लागि उदयपुरको रौतामाई गाउँपालिकाले प्रहरीलाई निशुल्क जग्गा प्रदान गरेको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरमा आज आयोजित कार्यक्रममा गाउँपालिकाका प्रमुख गजेन्द्र खड्काले जग्गा प्रमुख जिल्ला अधिकारि बिष्णु कार्कि मार्फत प्रहरीलाई हस्तान्तरण गर्नुभयो ।

प्रहरी चौकि नजिक नहुदा गाउँपालिका का नागरिक हरूलाई शान्ति शुरक्षा प्रदान गर्न समस्या भएको तथा हालको प्रहरी चौकि पनि अस्थाइ भएको भन्दै गाउँपालिकाले १७ लाख बराबरको जग्गा प्रदान गरेको हो । रौतामाई गाउँपालिका वडा न ४ रहेको सो जग्गा प्राप्त भए संगै तत्काल भवन निर्माणको लागि प्रहरि प्रधान कार्यालयमा पहल गर्ने उदयपुरका प्रहरि प्रमुख चन्द्रदेव राईले बताउनु भयो ।