राष्ट्रपति भण्डारीबाट सरकारको नयाँ नीति तथा कार्यक्रम प्रस्तुत

राष्ट्रपति भण्डारीबाट सरकारको नयाँ नीति तथा कार्यक्रम प्रस्तुत
शुक्रबार, बैशाख २०, २०७६

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा नयाँ आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले जनताको बलिदानीपूर्ण आन्दोलनले प्राप्त गरेका उपलब्धीलाई संस्थागत गर्न सरकार प्रतिबद्ध भएको बताउनुभयो ।

उहाँले सामाजिक सद्भाव, न्याय र समृद्धिको माध्यमबाट देशको राष्ट्रिय एकता मजबुद बनाउन सरकार सफल भएको बताउनुभयो । छिमेकी राष्ट्रसँग मजबुद सम्बन्ध बनाउन सरकार सफल भएको भन्दै राष्ट्रपतिले नेपालको विकास र समृद्धिमा सहयोग गर्न छिमेकी सदस्यहरु तयार रहेको बताउनुभयो । समृद्धि नेपाल सुखी नेपालको अभियान लिएर अघि बढेको सरकारका अभियानलाई छिमेकी राष्ट्रहरुले सहयोग गर्ने विश्वास लिएको राष्ट्रपतिले बताउनुभयो ।