नेपालमा फानीको त्रास

नेपालमा फानीको त्रास
शुक्रबार, बैशाख २०, २०७६

सोनी शाही । बंगालको खाडीमा बिकास भएको सामुन्द्री चक्रवात फानीको प्रभाव नेपालमा पनि देखिन थालेको छ । यसैको प्रभावले पूर्र्वी नेपालका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्न थालेको छ । बंगालको खाडीमा बिकास भएको सामुन्द्री चक्रवात फानीको प्रभाव नेपालमा पनि देखिन थालेको छ । यसैको प्रभाव, पूर्र्वी नेपालका केही ठाउँमा शुक्रवार मेघ गर्जनसहित पानी परेको र यो परिवर्तन शनिवारसम्म कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार यो चक्रवातको प्रत्यक्ष प्रभाव नेपालमा नपर्ने भएपनि भारतको ओडिशा, झारखण्ड, पश्चिम बंगाल यसबाट बढी प्रभावित् बनेका छन् । यसैको प्रभाव पूर्र्वी र मध्य नेपालमा देखिएको छ र आगामी ३ दिन सम्म यो चक्रवातको प्रभावले पूर्व र मध्य क्षेत्रको हिमाली भेगमा मौसम बदली रहने महाशाखाको अनुमान छ । यस्ता चक्रपात तथा आंधीले सामान्य देखि बृहत धनजनको क्षती हुने र समुन्द्रसंग नजोडीएका नेपाल जस्ता मुलुकमा हावा, हुरी तथा भारि बर्षा र चट्यांङ पर्ने संभावना प्रवल हुन्छ ।

प्रि–मनसुन सुरु भईसकेको वेला बंगालको खाडीमा बिकास भईरहेको यस्तो प्राकृतिक विपत्तिबाट जोगाउन गृहमन्त्रालय अन्तर्गत्को बिपद पूर्व तयारी तथा प्रतिकार्य शाखाले आवाश्यक सर्तकता अप्नाईएको जनाएको छ । मौषमपूर्वानुमान महाशाखाका अनुसार फानीको प्रभावका कारण शुक्रवार दिउँसोदेखि पूर्वी र मध्य नेपालमा हावाहुरी आउने, चट्याङ पर्ने र वर्षा हुने क्रम सुरु भएको छ । पश्चिमी वायु पनि सक्रिय भएकाले देशैभरि वर्षा भएको महाशाखाले जनाएको छ ।

हिमाली भेगमा हिमपात हुन सक्ने भन्दै शनिवारसम्मका लागि उच्चहिमाली भेगमा हेलिकाप्टरको उडान नगर्न भनिएको छ र हिमाल आरोहणका क्रममा रहेका पर्वतारोहीलाई सुरक्षीत् क्याम्पमा झर्न आह्वान गरिएको छ । फानी र पश्चिमी वायुको प्रभाव शनिवारपछि कमजोर हुने र आइतवारदेखि मौसम सफा हुने महाशाखाको पूर्वानुमान छ । सन् २०१४ मा आएको समुद्री आँधीको प्रभावले नेपालका हिमाली क्षेत्रमा ठूलो हिमपात भएको थियो । हिमपात र हिमपहिरोमा परेर कम्ती तीन दर्जन व्यक्तिको मृत्यु भएको थियो भने चार सय जनाभन्दा बढीलाई जीवितै उद्धार गरिएको थियो ।