सवारी दुर्घटनावाट मृत्यु भएका आफन्तद्वारा सडक अवरुद्ध

सवारी दुर्घटनावाट मृत्यु भएका आफन्तद्वारा सडक अवरुद्ध
शुक्रबार, बैशाख २०, २०७६

धादिङ । धादिङमा सवारी दुर्घटनावाट मृत्यु भएका आफन्तले समितिले बेवास्था गरेको भन्दै सडक अवरुद्ध पारेका छन् । धादिङ बेल्खु पुथ्वीराजमार्गको नौविसे मुग्लिन सडकखण्ड अन्तर्गत धादिङको गल्छी गाउँपालिका वडा नम्बर ४ बेल्खु खोलामा सवारी दुर्घटनामा २ जनाको मृत्यु हुदा पनि यातायात समितिले बेवास्था गरेको भन्दै आफ्न्त र स्थानियहरुले गुर्जुधारमा सडक अवरोध गर्दै विरोध प्रर्दशन गरेका हुन ।

तीन दिन वितिसक्दा पनि चौतारी समिति बेखवर रहेको, मृतकको परीवारसंग सम्पर्कमा नआएको, मान्छे मार्ने चालकलाई कारवाही गर्नुपर्ने, र मृतकको परिवारलाई उचित राहत दिनु पर्ने उनिहरुको माग छ । चितवनबाट काठमाडौका लागि छुटेको बा ९७ प २५३८ नम्बरको मोटरसाइकलाई बा ४ ख ५१०३ नम्बरको माइक्रोबसले बुधबार ठक्कर दिदा चन्द्रागिरि नगरपालिका वडा नं १२ का कवि कुमार महर्जन र चन्द्र्रागिरी ५ का राजु महर्जनको घटनास्थलमै मृत्यु भएको थियो ।