राष्ट्रपतिले मेरो सरकार भनेको विषय स्पष्ट पार्दै प्रधानमन्त्री, अन्तराष्ट्रिय अभ्यासलाई बुझ्न आग्रह

राष्ट्रपतिले मेरो सरकार भनेको विषय स्पष्ट पार्दै प्रधानमन्त्री, अन्तराष्ट्रिय अभ्यासलाई बुझ्न आग्रह
शनिबार, बैशाख २१, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपतिले मेरो सरकार भनेको विषयलाई विवादमा तान्नु भनेको लोकतन्त्रको उपहास गरेको ठहर्ने बताउनुभएको छ । सरकारी निवास बालुवाटारमा आज बिहान विभिन्न संचारमाध्यमका सम्पादकहरुसंगको भेटमा प्रधानमन्त्रीले राष्ट्रपतिले मेरो सरकार भनेको विषय स्पष्ट पार्दै अन्तराष्ट्रिय अभ्यासलाई सबैले बुझ्नुपर्ने बताउनुभएको हो ।

उहाँले राष्ट्रपतिले मेरो सरकार भन्ने हैसियतका साथ संसदबाट निर्वाचित हुने भन्दै अन्तराष्ट्रिय अभ्यास अनुसार नै राष्ट्रपतिले मेरो सरकार भनेको दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले मेरो सरकार भन्ने अत्यन्तै सामान्य अन्तराष्ट्रिय अभ्यासको विरोध गर्नु भनेकोे आफैले स्थापना गरेको प्रणालीको गरिमालाई नबुझेको र उपहास गरेको ठहरिने दाबी गर्नुभयो । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपतिले मेरो सरकार भनि सम्बोधन गरेको विषयमा चौतर्फी विरोध भएको छ । यसले पुरानै राज्य प्रणालीको झल्को दिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कडा विरोध गरेको छ ।