सरकार गिराउन प्रचण्डको प्रयोग!

सरकार गिराउन प्रचण्डको प्रयोग!
आइतवार, बैशाख २२, २०७६

संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीचको एकताको विषय राजनीतिक वृत्तमा निक्कै छलफलको विषय बनेको छ । राजनीतिक विश्लेषकहरुले पनि डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीचको एकताका विषयमा बेग्लाबेग्लै प्रश्न उठाउँदै आएका छन् ।

प्रचण्डको नेतृत्व नमानेका बाबुराम अहिले प्रचण्डलाई राम्रो नेता मान्ने उपेन्द्रसँग गठबन्धन गर्नुको अर्थ के होला ? साँच्चै बाबुरामले आफूले सिकेको ज्ञान र सीप देश निर्माणमा लगाउन सक्दैनन् ? अहिले नेपालको राजनीतिक परिस्थित कता अघि बढिरहेको छ ।

नेपालका शीर्ष नेताहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवालगायतको भूमिका कस्तो देखिएको छ र राजनीतिक वृत्तमा सरकारको समीक्षा कसरी भइरहेको छ यसै विषयमा केन्द्रित भएर राजनीतिक विश्लेषक भरत दाहालसँग कुराकानी गरेका छौं ।