च्याम्पियन्स लिग : टोटेनहम र अजाक्स भिड्दै

च्याम्पियन्स लिग : टोटेनहम र अजाक्स भिड्दै
बुधबार, बैशाख २५, २०७६

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलको दोस्रो लेगमा बुधबार राति टोटेनहम र अजाक्स भिड्दैछन् । यी दुई टोलीबीचको खेल अजाक्सको घरेलु मैदानमा हुनेछ । पहिलो लेगमा अजाक्सले एक शुन्यको जित निकाल्दै अग्रता बनाएको थियो । यता, टोटेनहम पनि अजाक्सबिरुद्ध जित निकाल्ने लक्ष्यमा रहेको छ ।

डिफेन्डर जान भेर्टोनघनले दोस्रो लेग खेल्न सक्नेछन् । घरेलु मैदानमा अजाक्सविरुद्वको पहिलो लेगमा उनले टाउकोमा चोट बोकेका थिए । उनको मेडिकल उपचार पछाडी सुरक्षात्मक मास्क लगाएर खेल्न सक्ने बताईएको छ । यी दुई टोलीबीच विजेता टिमले जुन १ मा मड्रिडमा लिभरपुलसंग प्रतिस्पर्धा गर्नेछ ।