एएफसी यु–१६ च्याम्पियनसिपको तालिका सार्वजनिक, नेपाल कठिन समुहमा

एएफसी यु–१६ च्याम्पियनसिपको तालिका सार्वजनिक, नेपाल कठिन समुहमा
बिहिबार, बैशाख २६, २०७६

काठमाडौ । एएफसी यु–१६ च्याम्पियनसिप छनोटको खेल तालिका सार्वजनिक भएको छ । एएफसीले बिहिबार सार्वजनीक गरेका समुह तालिका अनुसार नेपाल समुह एमा परेको छ ।

तालीका अनुसार नेपाल रहेको समुहमा ताजकिस्तान, जोर्डन, श्रीलंका र कुवेत छन् । नेपाल रहेको समुहको छनोट प्रतियोगिता जोर्डनमा आयोजना हुनेछ । छनोटको शीर्ष टिम प्रतियोगिताका लागि छनौट हुनेछ ।