मान्छेले सहनै नसक्ने चराको आक्रमण

मान्छेले सहनै नसक्ने चराको आक्रमण
शुक्रबार, बैशाख २७, २०७६

आफ्नो घरको रक्षाका लागि मानिस मात्र होइन पक्षी तथा अन्य जनावर पनि उत्तिकै लागि पर्छन । यसको उदाहरण फ्यालफ्याले चराले आफू बसेको क्षेत्रको अतिक्रमण गर्दै आएका मानिसको विरोधमा उत्रिएर गरेको प्रदर्शन हो ।

केहि समयअघि बेलायतको फार्न टापुमा पुगेका सर्वसाधारण तथा पर्यटकलाई चराले गरेको आक्रमणको रोचक तथ्यसहित तस्वीर तपाईंमाझ प्रस्तुत गरेका छौं ।

डेलिमेलले आफ्नो अनलाइन संस्करणमा केही समय अघि राखेका तस्बीरमा आफ्ना गुँडमा मान्छेले बाधा पार्न थालेपछि चरापनि निकै क्रुद्ध भएको दखिएको छ ।

टापु क्षेत्रमा गुँड लगाएर बसेका हजारौँ चराहरु त्यहाँ पुग्ने मानिसविरुद्ध आक्रमणमा उत्रिए । पर्यटकहरुलाई फोटो खिच्न पनि बाधा पूराए । जसले क्यामरा तेर्साउँथ्यो क्यामरामै आएर फ्यालफ्यालेले ठुंगिदिन्थ्यो ।

मान्छेले आफ्ना अण्डा र बचेरालाई केही गर्छन् की भन्ने डरले अण्डा र बचेरा बचाउन फ्यालफ्याले चरा आक्रमणमै उत्रिएका थिए ।