इन्डो नेपाल कराँते प्रतियोगिता सुरु

इन्डो नेपाल कराँते प्रतियोगिता सुरु
शुक्रबार, बैशाख २७, २०७६

काठमाडौं । सातौं इन्डो नेपाल कराँते प्रतियोगिता आजबाट सुरु भएको छ । २ सय २३ जना प्रतियोगी रहेको कराँते प्रतियोगिता आजबाट बालुवाटारमा सुरु भएको हो । प्रतियोगितामा भारतका ३३ र नेपालका १ सय ९० खेलाडि सहभागि रहेको आयोजक नेपाल गोजुकाई कराँते डो संघले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिमिल्सिनाले अब नेपालमा खेल खेलेरै जीवन निर्वाह गर्न सकिने वातावारण बनाउन राखेप लागिपरेको बताउनुभयो । अब बन्ने विद्येयकले समेत खेलाडीलाई खेल खेलेरै जिउन सक्ने वातावरण बनाउने बताउनुभयो ।

कार्यक्रममा नेपाल गोजुकाई कराँते डो संघका अध्यक्ष अच्युतराज उपे्रतीले आफुहरु कसैको सहयोगबाट नभई आफ्नै बलबुताले विभिन्न प्रतियोगिता गरिरहेको बताउनुभयो । उहाँले फिलिपिन्समा हुने सातौं एसीएन प्यासिफिक गोजुकाई कराँते प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्बाट सहयोग भए खेलाडीहरुले देशलाई मेडल दिलाउन सक्ने बताउनुभयो । प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ ।