शनिवारदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको रिङ रेस्लिङ प्रतियोगिता

शनिवारदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको रिङ रेस्लिङ प्रतियोगिता
शुक्रबार, बैशाख २७, २०७६

काठमाडौं । शनिवारदेखि काठमाण्डौमा अन्तर्राष्ट्रिय स्तरको रिङ रेस्लिङ प्रतियोगिता हुने भएको छ । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा हुने प्रतियोगितामा नेपालसहित ८ देशका रेस्लरहरु सहभागी हुनेछन ।

नेपाल र चीनको सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने उद्देश्यले चीन सरकारको महत्वाकांक्षी परियोजना वान रोड वान बेल्टको नाममा प्रतियोगिता गर्न लागिएको हो । संघका महासचिव सुवर्ण श्रेष्ठका अनुसार त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने एम के डब्लु बेल्ट एण्ड रोड च्याम्पियनसिपमा झण्डै ४५ लाख रुपैयाँ खर्च हुनेछ ।