बाल हेल्पलाइन एप सञ्चालनमा

बाल हेल्पलाइन एप सञ्चालनमा
आइतवार, जेष्ठ ५, २०७६

काठमाडौ । सरकारले बाल हेल्पलाइन नेपाल १०९८ मोवाइल एप सञ्चालनमा ल्याएको छ ।

अन्तराष्ट्रिय बाल हेल्पलाइन दिवसका अवसरमा यो एप सञ्चालनमा ल्याइएको हो । बालबालिकाको आपतकालिन सहयोग र सल्लाहका लागी सञ्चालनमा ल्याएको यो मोवाइल एपको आज(अाइर्तवार) काठमाडौंमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले शुभारम्भ गर्नुभयो । कार्यक्रममा मन्त्री थापाले बालअधिकारका लागी अन्तराष्ट्रिय प्रतिवद्धतालाई नेपालले पनि अनुसरण गरेको बताउनुभयो ।

उहाले बालबालिका सम्बन्धी ऐन २०७५ तयार भइसकेको जानकारी दिदै बालअधिकारका सवालमा सरकार गम्भिर रहेको धारणा राख्नुभयो । समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्नका लागी बालअधिकारको रक्षा नभएसम्म साकार हुन नसक्ने भन्दै उहा“ले बालअधिकारलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । देशमा बिभिन्न १२ जिल्लामा सञ्चालीत बाल हेल्पलाईन १०९८ लाई विस्तार गरिने उहाले बताउनुभयो ।

उहाले बालसंरक्षणको सवालमा सरकारमात्र नभइ सरोकारवाला निकायको पनि महत्वपूर्ण भूमिका हुने जिकिर गर्नुभयो ।

बाल हेल्पलाइन मोवाईल एप्समार्फत बालबालिकाले प्रत्यक्ष प्रश्नोत्तर राख्न पाउने व्यवस्था गरिएको छ । त्यस्तै आफुलाई परेको समस्याका बारेमा पनि एपमार्फत जानकारी गराउन सकिने व्यवस्था गरिएको छ ।