ग्यास्ट्रिकबाट बच्न नियमित र सन्तुलित भोजन खाने

ग्यास्ट्रिकबाट बच्न नियमित र सन्तुलित भोजन खाने
बुधबार, जेष्ठ ८, २०७६

खानपिनकै कारण लाग्ने ग्यास्ट्रिकको उपचार व्यवस्थित खाना नै रहेको चिकित्सकहरुले बताएका छन् । हाम्रो पेटमा उत्पादन हुने एक किसिमको अम्ल उत्पादन हुन्छ । त्यसले खानालाई पचाउने गर्छ ।

खानपानमा अनियमितता हुँदा उत्पादन हुने अम्लको मात्रा बढी हुन्छ । जसले पेटमा भएका अन्य तन्तुलाई पनि जलाउने काम गर्छ । यो अवस्था नै ग्यास्ट्रिक हो । यसलाई नियन्त्रणको एकमात्र उपाय खानेकुरा र खाने वस्तुमा ध्यान दिनु नै हो ।

ग्यास्ट्रिक हुने कारण

खानपानमा गडबढी,
मसलेदार खाना,
फास्टफुड र जंकफुडको अत्यधिक सेवन
दीर्घ रोगका लागि प्रयोग गर्ने औषधी
दुखाई कम गर्न खाने पेन किलर औषधी
सुर्तीजन्य पदार्थ, लागुपदार्थ र मदिरा सेवन
पेट र खाद्यनलीको क्यान्सरले पनि ग्यास्ट्रिक हुन्छ ।

बच्ने उपाय

सबैभन्दा ठूलो उपाय खानपान व्यवस्थापन गर्नु नै हो,
समयमा खाने र सन्तुलित आहार खाने,
अत्यधिक चिल्लो, पिरो र अमिलो खानेकुरा नखाने
रक्सी, चुरोटजस्ता पदार्थको सेवन नगर्ने
चिकित्सकको सल्लाहमा मात्र पेनकिलर खाने