नेपालले एसीसी इमर्जिङ एसिया कप खेल्ने नपाउने

नेपालले एसीसी इमर्जिङ एसिया कप खेल्ने नपाउने
बिहिबार, जेष्ठ ९, २०७६

एजेन्सी । नेपालले बंगलादेशमा आयोजना हुन एसीसी इमर्जिङ टिम्स एसिया कपमा सहभागी नहुने भएको छ । गत वर्ष भएको एसीसी एसिया कप छनोटको शीर्ष तीनमा पर्न नसकेपछि नेपालको सहभागिता नहुने भएको हो ।

बंगलादेश क्रिकेट बोर्डले बिहिबार इमर्जिङ एसिया कप आयोजना गर्ने जनाएको छ । आठ राष्ट्र सहभागि हुने प्रतियोगिता नोभेम्बर १२ बाट बंगलादेशको ढाकामा आयोजना हुदैँछ ।

प्रतियोगितामा भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाको यू–२३ टिम तथा अफगानिस्तान, युएई, हङकङ र ओमानको राष्ट्रिय टोलीको सहभागीता रहने छ ।