भारतको गुजरातस्थित तक्षशिला कम्प्लेक्समा आगलागी, ट्युसन पढदै गरेका १९ विद्यार्थीको मृत्यु

भारतको गुजरातस्थित तक्षशिला कम्प्लेक्समा आगलागी, ट्युसन पढदै गरेका १९ विद्यार्थीको मृत्यु
शुक्रबार, जेष्ठ १०, २०७६

भारत गुजरातको सुरतस्थित तक्षशिला कम्प्लेक्समा आगलागी हुँदा १९ जनाको मृत्यु भएको छ । तक्षशिला कम्प्लेक्समा ट्युसन कक्षा सञ्चालन भइरहेको थियो । आगलागी भएपछि अध्ययनरत विद्यार्थी भवनको छतबाटै हाम फालेका थिए ।

भवनमा विद्युत सर्ट भएर आगलागी भ्रएको हो । आगलागीको समयमा ४० विद्यार्थी थिए । आगो लाग्नथालेपछि सो भवनका मानिसलाई सुरक्षित स्थान सारिएको थियो । घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।

गुजरातका मुख्यमन्त्री विजय रुपाणीले घटनाको छानबिन गर्न आदेश दिएका छन् ।