ब्राजिलका कारागारमा ४२ कैदी मृत अवस्थामा फेला

ब्राजिलका कारागारमा ४२ कैदी मृत अवस्थामा फेला
मङ्लबार, जेष्ठ १४, २०७६

एजेन्सी । ब्राजिलका विभिन्न कारागारमा ४२ जना कैदी बन्दी मृत अवस्थामा फेला परेका छन् । अमेजोनास राज्यको एक कारागारमा कैदीबन्दीबीच भएको झडपमा १५ जनाको मृत्यु भएको भोलिपल्ट विभिन्न चार कारागारमा ४२ जना मृत अवस्थामा भेटिएका हुन् ।

अक्सिजनको अभावमा श्वासप्रश्वासमा अवरोध भई कैदीबन्दीको मृत्यु भएको हुनसक्ने बताइएको छ । ब्राजिलका अधिकारीहरुले कारागारभित्रको झडप अन्त्य गर्न र अवरोध हटाउन निर्देशन दिएका छन् ।

आइतबार मात्रै अमेजोनास राज्यको एक कारागारमा कैदीबन्दीबीच भएको झडपमा १५ जनाको मृत्यु भएको थियो ।