अफगानिस्तानको दुई प्रान्तमा सैन्य कारवाही,१४ जना लडाकू मारिए

अफगानिस्तानको दुई प्रान्तमा सैन्य कारवाही,१४ जना लडाकू मारिए
मङ्लबार, जेष्ठ १४, २०७६

एजेन्सी । अफगानिस्तानका दुई छुट्टाछुट्टै प्रान्तमा भएको सैन्य कारवाहीका परी हक्कानी नेटवर्कका १४ जना लडाकू मारिएका छन ।

अफगान राष्ट्रिय प्रतिरक्षा र सुरक्षाबलले घाज्नी र पाक्टिका प्रान्तमा आज सबेरै गरेको कारवाहीमा परी हक्कानी नेटवर्कका १४ जना लडाकू मारिएका हुन । हक्कानी नेटवर्क पनि तालिवान लडाकू सञ्जालकै एक समूह हो ।

अफगान विशेष सैन्यबलका कमाण्डरले जनाए अनुसार यस नेटवर्कका एक प्रान्तीय कमाण्डरसहित १० सदस्य पक्राउ परेका छन् । यस कारवाहीको क्रममा विशेष सुरक्षा बलले हातहतियार र गोला बारुदसमेत बरामद गरेको बताइएको छ ।

यस कारवाही बारे हक्कानी नेटवर्क लडाकू समूहले भने कुनै प्रतिकृया जनाएको छैन ।