मेक्सिको दुर्घटनामा ३० बढीको मृत्यु, दुईदर्जन बढि घाईते

मेक्सिको दुर्घटनामा ३० बढीको मृत्यु, दुईदर्जन बढि घाईते
बिहिबार, जेष्ठ १६, २०७६

एजेन्सी । मेक्सिकोमा पर्यटक चढेको एउटा बस दुर्घटना हुंदा कम्तिमा २१ जनाको ज्यान गएको छ ।

दुर्घटनामा अरु ३० जना घाईते भएका छन् । भेराक्रुज राज्यको पहाडी राजमार्गमा बस दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । समुन्द्र सतहबाट करिव दुई हजार उचाईमा रहेको उक्त राजमार्ग माल्ट्राथा पहाडको सबैभन्दा बढी दुर्घटना हुने क्षेत्र मानिन्छ । भिरालो बाटोमा ब्रेक फेल भएर एउटा बसले सन्तुलन गुमाएर अर्को बसमा ठक्कर दिएको र वसमा आगो लागेको अधिकारीहरुले जनाएका छन् ।

यसैबीच, हंगेरीको राजधानी बुडापेस्टको डेन्यूब नदीमा डुंगा पल्टिँदा कम्तीमा सात जनाले ज्यान गुमाएका छन् । दुर्घटनापछि १९ जना हराइरहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । समाचार संस्था एमटीआईका अनुसार, डुंगामा धेरै दक्षिण कोरियाका पर्यटक सहित ३३ जना मानिस सवार थिए । त्यो डुंगालाई अर्काे डुंगाले ठक्कर दिएको थियो ।