फूलवारीमा जसरी थरीथरीका फूल हुन्छन् त्यसैगरी यो संसारमा पनि थरीथरीका मान्छे छन् । मानिसको स्वभाव, वर्ण, संरचना तथा अन्य किसिमका विविधता साँच्चिकै रोचक छन ।
नेसनल जियोग्राफिक च्यानलले आयोजना गरेको ट्राभलर फोटो कन्टेष्टमा विश्वका विभिन्न देश तथा क्षेत्रका मानवजातिका रोचक तस्वीरहरु पेस भए ।
फरक फरक मानव झल्कने केही तस्वीर यहाँ प्रस्तुत गरिएको छ ।
चीनको ली नदीमा माछामार्ने चरासहित एक माझी
नामिबियाको क्याप्रिभीस्थित ग्यास स्टेसनमा रहेको कारमा चढेका बालबालिका
केन्याको किबेरास्थित सुकुम्बासी बस्तीका बालबालिका
तस्मानियाको लाभेन्डर फुलेको मैदानको बाटो हुँदै हिड्दै गरेकी एक महिला
म्यानमारको इन्ले तालमा माछा मार्दै गरेका बाउ छोरा
भारतको वाराणसीमा खेल्दै गरेका बालबालिका
पपुवा न्युगिनीको माउन्ट हगन क्षेत्रमा परम्परागत समारोहका बेला मोबाइलमा बोल्दै गरेका स्थानीय आदिवासी
म्यानमारको बेगनमा खेलौना बन्दुक लिएका एक बौद्ध भिक्षु
लाओसका एक दुर्गम गाउँका दुई बहिनी
भियतनामको सापा गाउँका बालबालिका परम्परागत रंगीन पहिरनमा
मोरक्कोको एक गाउँका बालक कुन हातमा सिक्का छ ? भन्ने खेल खेल्दै
भारतको जयपुरमा होली खेल्दै गरेका युवती