भारतकी चर्चित गायिका नेहा कक्कर नेपालमा

भारतकी चर्चित गायिका नेहा कक्कर नेपालमा
आइतवार, जेष्ठ २६, २०७६

काठमाडौं-भारतकी चर्चित गायिका नेहा कक्कर नेपाल आइपुगेकी छिन् ।

नेहा ठमेलस्थित लर्ड अफ द ड्रिङ्समा हुने प्रस्तुति दिन पहिलोपटक नेपाल आएकी हुन् । शनिवार उनले झण्डै २५ सय दर्शक हलमा आफ्नो प्रस्तुति दिएकी छन् ।

यस्तै कार्यक्रममा नेपाली कलाकारको पनि प्रस्तुति रहेको थियो । कार्यक्रम प्यारामाउन्ट इन्टरटेनमेन्टले आयोजना गरेको हो ।

नेहाका तेरा घाटा, नैना, काला चश्मा, आँख मारे लगायतका गीत हिट छन् ।