नेता एक्लै हिड्दा बामदेव ‘जीम’ र आफू ‘योगा’ थालियो (भिडियोसहित)

नेता एक्लै हिड्दा बामदेव ‘जीम’ र आफू ‘योगा’ थालियो (भिडियोसहित)
शुक्रबार, जेष्ठ ३१, २०७६

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति अनुसार सत्ता छोड्नुपर्ने बताएका छन्। सगरमाथा टेलिभिजनको कार्यक्रम एसटीभी च्याटमा कुरा गर्दै नेता खनालले पार्टी एकता हुँदाको पाँच बुँदे सहमति अक्षरस पालना हुनुपर्ने बताए।

उनले दुई अध्यक्ष मध्येका दाहाललाई पार्टीको नेतृत्व सम्हाल्न सुझाव दिए। ‘एउटै व्यक्तिले पार्टी र सरकार दुबैको नेतृत्व गर्दा दुबै जिम्मेवारी प्रभावहिन बन्छ र बनिरहेको पनि छ,’ नेता खनालले भने,’अध्यक्ष दाहालले अव नेतृत्व सम्हाल्न थाल्नुपर्छ, बैठक डाक्ने र बसाल्ने गर्नुपर्छ।’ उनले दुई अध्यक्षको समान हैसियत हुने सहमतिमा एकता भएको भएपनि अहिलेसम्म समानताको अभ्यास नै हुन नसकेको खुलाशा गरे।

नेता खनालले नेकपा संथागत संरचना नै नभएका कारण आफू खुशी चल्ने संगरुठन बनेको बताए। ‘केन्द्रीय कमिटिको कार्यविभाजन भएको छैन, कार्यविभाजन नभएपछि जस्लाई जे मन लाग्यो त्यही गर्दै आएका छौ,’ नेता खनालले ठट्यौली गर्दै भने, ‘बामदेवजी एकस्ससाइज ‘जीम’ गर्नुहुँदैछ, म ‘योगा’ गरिरहेको छुँ।’

उनले पार्टीको पार्टीमा बहुदलीय जनवाद वा एकाइसौ सताव्दीको जनवाद दुबै मार्गनिर्देशक सिद्धान्त नभएको बताए। ‘कसैलाई पार्टीको मार्गनिर्देशक सिद्धान्त एकाइसौ सातव्दीको जनवाद भन्ने लाग्दा कसैलाई माओवाद हो भन्ने पनि लाग्छ, कसैलाई जवज भन्ने पनि लाग्न सक्छ,’ खनालले भने, ‘तर हाम्रो मार्गनिर्देशक सिद्धान्त माक्सवाद लेनिनवाद हो।’