गाउँघरमै रोजगारी पाउँदा स्थानीय खुसी

गाउँघरमै रोजगारी पाउँदा स्थानीय खुसी
शनिबार, जेष्ठ ३२, २०७६

हर्क चन्द/डडेल्धुरा । गाँउमा रोजगारको कार्यक्रम आएपछि स्थानीय बासिन्दा खुसी भएका छन् ।

अमरगढी नगरपालिकाको वडानम्बर–१० स्थित राई गाँउमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट स्थानीयलाई रोजगारी दिन सु्रु गरिएको हो । रोजगारको कार्यक्रम सुरुपभएपछि महिलाहरु सडक निर्माणमा जुटेका छन् । गाँउमा विकासको कार्यक्रम आएपछि निरक्षर महिलाहरुले समेत काम पाएका छन् ।

कामसँगै जिविकोपार्जनमा समेत टेवा पुग्ने भएपछि उनीहरु खुशी हुँदै सडक निर्माणमा जुटेका हुन् । गाँउमा विकासे कार्यक्रम आएपछि आफुहरुलाई राहत भएको स्थानीयहरु बताउछन् ।

दलितबस्तिको बाहुल्यता भएको उक्त गाँउमा गरिबीका कारण युवाहरु विदेश पलायन भएपछि विकास निर्माणका काममा महिलाहरुको सहभागिता बढ्दो क्रममा देखिएको छ ।