गुठी विधेयकमा भूलवश गल्ती भए सच्याउने प्रधानमन्त्रीको प्रतिबद्वता

गुठी विधेयकमा भूलवश गल्ती भए सच्याउने प्रधानमन्त्रीको प्रतिबद्वता
आइतवार, असार १, २०७६

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी सम्बन्धी विधेयकमा भूलवश केही गल्ती भए सच्याउने स्पष्ट पार्नुभएको छ । एक साता भन्दा बढीको युरोप भ्रमण सम्पन्न गरी आज स्वदेश फर्के लगतै त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री ओलीले गुठी विधेयकलाई लिएर विरोध र आन्दोलन गर्न खोज्नेले ‘चान्स’ नपाउने बताउनुभयो ।

गुठीको नाममा कतिपय ठाउँमा शोषण भएको अवस्थामा त्यस्ता कुरालाई सम्बोधन गर्न मात्र खोजिएको उहाले बताउनुभयो । उहाले सरकार जनतालाई दुखी बनाउन नचाहने धारणा राख्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले जनताको इच्छा अनुसार काम गर्ने भएकाले विभिन्न बहानामा जनता नउछाल्न चेतावनी पनि दिनुभयो । प्रधानमन्त्री ओलीले लोकसेवा विज्ञापन बारको विवाद अदालतमा विचाराधीन भएकाले अहिले केही बोल्न नसक्ने बताउनुभयो ।

प्रधानमन्त्री ओली गत जेठ २५ गते युरोप भ्रमणमा जानुभएको थियो । प्रधानमन्त्री ओलीलाई बिमानस्थलमा उपप्रधानमन्त्री इश्वर पोखरेल, सभामुख कृष्ण वहादुर महराल लगायतले स्वागत गरेका थिए ।