न्युरोडमा आजदेखि स्मार्ट पार्किङ सेवा सुरु

न्युरोडमा आजदेखि स्मार्ट पार्किङ सेवा सुरु
आइतवार, असार १, २०७६

काठमाडौं । काठमाडौंको न्युरोडमा आजदेखि स्मार्ट पार्किङ सेवा सुरु भएको छ । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रको सहकार्यमा न्यूरोडका पाँच स्थानमा स्मार्ट पार्किङ सुरु गरेको हो ।

स्मार्ट पार्किङ सेवा उद्घाटन गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्थानीयले सडक व्यवस्थित गर्न आग्रह गरेपछि सेवा सुरु गरिएको बताउनुभयो । अस्थायी रुपमा पाइलट प्रोजेक्टका रुपमा सुरु गरिएको यो सेवालाई परिस्कृत गर्दै लगिने उहाले जानकारी दिनुभयो ।

स्मार्ट पार्किङ सेवाले १ सय जनालाई रोजगारी समेत दिने उहाँको भनाई छ । महानगरले सुरु गरेको पिक एण्ड ड्रपको शुरुमा विरोध भए पनि अहिले कलंकी र कोटेश्वरमा पनि यसको माग भइरहेको उहाले बताउनुभयो ।

महानगरले स्मार्ट पार्किङस्थलको शुल्क दुई पांग्रे सवारी साधनका लागि प्रति घण्टा २५ र चार पांग्रेका लागि ८० रुपैयाँ तोकेको छ । स्मार्ट पार्किङ स्टेशनमा एक पटकमा झण्डै ८ सय मोटरसाइकल र ४० वटा गाडी पार्किङ गर्न सकिने महानगरले जानकारी दिएको छ ।