संसदमा कांग्रेसको अवरोध, प्रधानमन्त्रीले बोल्नै पाएनन्

संसदमा कांग्रेसको अवरोध, प्रधानमन्त्रीले बोल्नै पाएनन्
मङ्लबार, असार ३, २०७६

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले युरोप भ्रमणबारे जानकारी दिन संसदको रोष्ट्रममा पुगेपनि कांग्रेसको अवरोधका कारण उनले सम्बोधन गर्न समेत पाएनन् ।

कांग्रेसले प्रधानमन्त्रीभन्दा पहिले आफ्नो दलको तर्फबाट पहिला बोल्न दिन माग गरेपनि सत्तापक्षले नमानेपछि कांग्रेसले बैठक नै अवरोध गरेपछि स्थगित भएको हो ।

कांग्रेसको अवरोधपछि प्रधानमन्त्री ओली करिव ५ मिनेटसम्म रोष्ट्रममा चुपचाप उभिएका थिए। कांग्रेसले गुठी विधेयकका उठेको विवादसहित अन्य विषयमा संसद मार्फत सरकारलाई ध्यानाकर्षण गराउने अडान राखेकै कारण बैठक विहान ११ बजेका लागि बोलाइए पनि एक घण्टा ढिलो सुरु भएको थियो।

तर, को पहिला बोल्ने भन्ने सत्तापक्ष र प्रतिपक्षको अडानलाई सभामुखले व्यवस्थापन गर्न नसक्दा प्रधानमन्त्री बोल्नै पाएनन् भने सदन चल्न सकेन।

संसदको अर्को बैठक बुधबार विहान ११ बजेका लागि बोलाइएको छ।