कर्णाली नदीमा जीप खस्यो : हुम्लाको खार्पुनाथकी उपाध्यक्ष सिन्धु मल्लसहित सबै वेपत्ता

कर्णाली नदीमा जीप खस्यो : हुम्लाको खार्पुनाथकी उपाध्यक्ष सिन्धु मल्लसहित सबै वेपत्ता
मङ्लबार, असार ३, २०७६

हुम्ला– हुम्लामा यात्रुवाहक जीप कर्णाली नदीमा खसेर बेपत्ता भएको छ । खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धु मल्लसहित सवार रहेको जीप कैलावाली भन्ने स्थानबाट खसेर कर्णाली नदीमा बेपत्ता भएकाे जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएकाे छ ।

हुम्लाको खार्पुनाथ गाउँपालिका अन्तर्गत कैलाबाली भन्ने स्थानबाट यात्रु बोकेको बोलेरो जीप कर्णाली नदीमा खसेको बताइएको छ।

‘खार्पुनाथबाट गाउँपालिकाको केन्द्र याञ्चुतर्फ जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप कैलावाली भन्ने स्थानबाट कर्णाली नदीमा खसेर बेपत्ता भएको छ,’ प्रमुख जिल्ला अधिकारी ढोलकराज शर्माले भने, ‘जीपमा एति नै सवार थिए भनेर अझै पुष्टी भइसकेको छैन।’

उनले पौने १ बजे जीप खसेको जानकारी आएपछि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहीको गोताखोर टोली परिचालन गरेको जानकारी दिए।

‘अहिलेसम्म गोताखोर टोलीले गाडी र हराएकाहरुका विषयमा कुनै तथ्य फेला पार्न सकेको छैन’ उनले भने। स्थानीयका अनुसार जीपमा उपाध्यक्ष सिन्ध्मल्ल तगा चालकसहित १० जना यात्रु सवार थिए ।