नेपाल–चीन रेलवेः चौथो बैठक बिहीबार

नेपाल–चीन रेलवेः चौथो बैठक बिहीबार
बुधबार, असार ४, २०७६

काठमाडौँ –केरुङ रेलमार्गनिर्माणका विषयमा छलफल गर्न भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्कीको नेतृत्वको टोली चीन आइपुगेको छ । नेपाली टोली सोमबार चीन आएको हो । काठमाडौँबाट छन्दू आएको नेपाली टोली छन्दूबाट चीनको सान्तोङ प्रान्तमा पर्ने पर्यटकीय स्थल छिन्तावो पुगेको छ ।

छिन्तावोबाट बुधबार अपराह्न नेपाली टोली बेइजिङ आइपुग्नेछ । शुक्रबार चिनियाँ पक्षसँग दुईपक्षीय बैठक बस्ने पूर्वकार्यतालिकामा केही हेरफेर भएर बिहीबार चिनियाँ पक्षसँग बैठक रहेको बेइजिङस्थित नेपाली दूतावासका मिनिस्टर सुशीलकुमार लम्सालले नागरिकलाई बताए । यो समाचार आजको नागरिक दैनिकमा चेतनाथ आचार्यले लेखेका छन् ।