थाहा पाउनुहोस् खाली पेटमा पानी पिउँदाका फाइदा

title
बिहिबार, असार ५, २०७६

स्वस्थ जीवनका लागि पानी सबैभन्दा उपयोगी हो । पानी पिउँनु आफैंमा स्वास्थ्यका लागि लाभदायक हुन्छ । तर यो गर्मीमा पानीको विशेष महत्व हुने गर्छ । हामीलाई लाग्ने भन्दै धेरै रोगहरु पानीका कारण लाग्ने गर्दछन् । पानी पिउदा पनि धेरै समस्याको समाधान हुन्छ । त्यसमा पनि खाली पेटमा पानी पिउँदा धेरै लाभ मिल्ने चिकित्सकहरु बताउँछन् ।

अधिकांश रोग पेटमा नै उत्पन्न हुन्छन् त्यसैले खाली पेटमा पानी खानुको अर्थ धेरै छ । यसको प्रमुख फाइदा पेट स्वस्थ बनाउनु हो । वरिष्ठ पेट रोग तथा कलेजो रोग बिशेषज्ञ डा. संदीपराज कुवँर पनि मानिस स्वस्थ रहन पेटलाई स्वस्थ राख्नुपर्ने सुझाव दिन्छन् । पेट स्वास्थ्यका लागि बिहानैको मनतातो पानी अमृत समान हुन्छ ।

खाली पेट पानी खाँदा करिब ९० प्रतिशत रोगबाट बच्न सकिन्छ । यसमा पनि मनतातो पानी उपर्युक्त हुने बताइएको छ तर गर्मीमा सामान्यतया तातो भन्दा ठिक्क चिसो पानी पिउनु उपयुक्त हुने डाक्टरहरुको सुझाव छ ।

खाली पेटमा प्रशस्त पानी खादा पेटका विकार शौचमार्फत जाने र पेट सफा हुन्छ । यसले पाचन प्रणालीलाई पनि सहयोग गर्छ । तपाईलाई एका बिहानै शौच आउदैन भने कम्तिमा दुई गिलास मन तातो पानी खाली पेट खाँदा खुलेर शौच आउछ ।

तपाई बाथरुम जाँदा शरीरका उत्तेजित र विकारलाई बाहिर फालिदिनुहुन्छ । जतिधेरै पानी पिउनुहुन्छ त्यति धेरै विकार शरीरबाट फाल्न सहयोग पुग्छ ।

नियमित खाना खानु महत्वपूर्ण हुन्छ । तर भोक लागेन भने के गर्ने ? खाली पेटमा पानी पिउँदा भोग जाग्छ । बिहान उठ्ने वित्तिकै खाली पेटमा दुई गिलास पानी पिएका भोक जगाउने काम गर्छ ।

मानिसलाई बारम्बार टाउको दुख्नुको मुख्य कारण प्रर्याप्त पानी नपिउनु हो । डिहाइड्रेसनको मुख्य लक्षण नै टाउको दुख्नु हो । तसर्थ बिहान उठ्नेवित्तिकै पानी खानु भयो भने यो समस्याबाट मुक्ती मिल्छ । टाउको दुख्नबाट बचाउनको अतिरिक्त यसले श्वासको दुर्गन्ध र अन्य व्याक्टेरियाको संक्रमणबाट जोगाउछ ।

पानी पिउदा कोलोन सफा गरिदिन्छ । एक गिलास पानी खाली पेट खाँदा कोलोनमा जम्मा भएको लेदो र विकार सफा गरिदिन्छ । कोलोन सफा भएमा शरीरलाई आवश्यक पोषक तत्व शोषण गर्न सहयोग पुयाउछ ।

यदि तपाईले डाइटिङ गर्दै हुनुहुन्छ भने खाली पेट पानी खानु उत्तम उपाय हो । पानी पिउदा कम्तिमा पनि २४ प्रतिशतले मेटाबोलिजमलाई बृद्धि गर्छ । यसको अर्थ तपाईले चाँडो र प्रभावकारीरुपमा खाना पचाउन सक्नुहुन्छ । जसका कारण छोटो समयमा नै तौल घट्छ ।

तपाईलाई अल्छि लागेको छ भने एक गिलास पिउनुहोस । खाली पेट पानी खाँदा रगतका रक्त कोषिकालाई चाँडो बढ्न सहयोग पुयाउछ । जति धेरै कोषिकाको बृद्धि हुन्छ त्यति नै धेरै शरिरमा अक्सिजन प्रबाह हुन्छ । यसको अर्थ तपाईमा एक प्रकारको उर्जा मिल्छ ।

खाली पेट प्रशस्त पानी खादा अनुहारको चमक बढाउछ । शरीरमा जति बढी विकार र उत्तेजित तत्व हुन्छ त्यति नै तपाईको अनुहारको छाला नराम्रो बनाउछ। तर प्रशस्त पानी खाँदा विकार हट्ने भएकोले अनुहारको सुन्दरतामा निखार आउछ ।

समग्र स्वास्थ्यको लागि पानी नभई नहुने तत्व हो । शरीरमा तरल पर्दाथको सन्तुलनका लागि पनि पानी नभई हुदैन । दिनहुँ खाली पेटमा पानी खाँदा रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ । तपाईको रोग प्रतिरोधात्मक क्षमता बलियो भएमा कुनै प्रकारका रोग लाग्दैन ।