धादिङ जीप दुर्घटना अपडेट : पाँच जनाको ज्यान गयो, १० जना घाईते (मृतकको सूचीसहित)

धादिङ जीप दुर्घटना अपडेट : पाँच जनाको ज्यान गयो, १० जना घाईते (मृतकको सूचीसहित)
शुक्रबार, असार ६, २०७६

धादिङमा बोलेरो जीप दुर्घटना, हुँदा पाँच जनाको मृत्यु भएको छ, भने १० जना घाईते भएका छन ।

धादिङको गल्छी गाउँपालिका वडा नं ६ बाँझगाउँमा आज(शुक्रवार) बोलेरो जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो । गल्छी गाउँपालिका वडा नं ५ को सिरुवारीबाट बैरेनी तर्फ जाँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप अनियन्त्रित भई पल्टिएको थियो ।

दुर्घटनामा गल्छी गाउँपालिका वडा नं ६ का २५ वर्षीय नानु तामाङ, ३० वर्षीय कान्छी भुजेल, गल्छी गाउँपालिका वडा नं ४ का ३८ वर्षीय सेते मिजार, २५ वर्षीय राजु रम्तेलको घटनास्थलमै मृत्यु भएको हो भने २१ वर्षीय समिक्षा अधिकारीको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको बैरेनी प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा १० जना घाईते भएका छन् । घाईतेहरुको स्थानीय स्वास्थ्य संस्थामा प्रार्थमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाईएको छ । तरकारी बोकेर बैरेनीतर्फ जाँदै गरेको जीप सडकमै पल्टिएको थियो ।